गोरखामा श्रृखलाबद्ध रुपमा चोरी गर्ने पक्राउ

-


     क्लिक गण्डकी     
     पौष २९ गते २०८२ मा प्रकाशित


चोरी

चोरी

पोखरा, २८ पुस/ गोरखामा विभिन्न ठाउँमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिका–१० र ७ मा भएका छुट्टाछुट्टै सुन चोरी घटनाको अनुसन्धानका क्रममा संलग्न एक जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गोरखा नगरपालिका–५ निवासी १९ वर्षीय सविन गुरुङ भन्ने रविन गुरुङलाई चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।

उनको घर, कोठा तथा लुकाइछिपाइ राखिएका स्थानबाट सुनका विभिन्न गरगहना, मोबाइल रिचार्ज कार्ड तथा नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामग्रीमासुनका गहना, विभिन्न कम्पनीका प्रयोग नभएका रिचार्ज कार्डहरू, नेपाली र भारतीय रुपैयाँ नगद तथा साइकल रिम रहेको छ ।

पक्राउ परेका व्यक्तिलाई गोरखा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।