
दुर्घटना
काठमाडौं, १३ भदौ/ काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थितमा पार्किङ गरिएको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
गएराति सडकको पेटीको छेउमा रोकी राखेको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटरले ठक्कर खाँदा नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय स्कुटर चालक शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ का २३ वर्षीय नितेश नेपालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारको लागी तत्काल ट्रमा सेन्टर लगिएको थियो । घटनामा संग्लन दुवै सवारी साधन कोटेश्वर ट्राफिकको नियन्त्रणमा छ ।
दोलखा भिनपा–७ स्थायी घर भई हाल काडाँघारी बस्ने २५ वर्षीय अरनिको यातायातको बस चालक सुभाष तामाङ प्रहरी वृत बानेश्वरको नियन्त्रणमा रहेका छन् ।





