
पोखराको मुस्ताङचोकमा दुर्घटना
पोखरा, ३० साउन/ पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित मुस्ताङचोकमा शुक्रबार बिहान दुर्घटना भएको छ । दुर्घटनापरि दुई युवा घाइते भएका छन् ।
ग १ ख ७९२९ नम्बरको ट्रिपर र प्र ३–०२–०१३–प ५८०४ नम्बरको मोटर साइकल ठक्कर खाएको थियो ।
दुर्घटनामा परेर घाइते भएका पोखरा महानगरपालिका वडा नम्बर २१ का २२ वर्षीय सुजन गौतमको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ भने अर्का घाइते पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठको पोखरा स्वास्थ्य प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । बिहान करीब ६ बजे पोखराको मुस्ताङचोकमा पोखराको पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ट्रिपर भित्रै राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको मोटर साइकल छिरेर दुर्घटनाग्रस्त भएको थियो ।





