नवलपुरमा बाढीले बस बगायो

-


     क्लिक गण्डकी     
     असार ६ गते २०८२ मा प्रकाशित


नवलपुरमा बाढीले बस बगायो

नवलपुरमा बाढीले बस बगायो

पोखरा, ६ असार/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।
४१ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो । बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ । गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो ।

तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ ।