बागलुङमा जीप दुर्घटना, १ जनाको मृत्यु, २ को अवस्था गम्भिर, पोखरामा उपचार हुदै

-


     क्लिक गण्डकी     
     फागुन १२ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, १२ फागुन/ बागलुङको बडीगाड गाउँपालिका–९, दर्लिङस्थित भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

भीमगिठ्ठेदेखि खहरेतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको पिकअप जीप सोमबार साँझ उकोलोमा ब्रेक फेल भई सडकदेखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका–७, चोलाङ बस्ने ७५ वर्षीयको खड्कबहादुर कुँवर रहेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–५, नाथुरे बस्ने ३५ वर्षीया जुना कंडेल, बडिगाड गाउँपालिका–९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सीता पौडेल र चालकबडीगाड गाउँपालिका–९, दर्लिङ बस्ने २३ वर्षीय हिमाल घर्तीमगर घाइते भएका छन् ।

घाइते मध्ये जुना र तेजकुमारीको अवस्था गम्भीर छ । उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार हुदैछ ।



Tags: