पोखराको जिरो किमि नजिक दुर्घटना, दुई जनाको अवस्था गम्भिर

-


     क्लिक गण्डकी     
     फागुन ८ गते २०८१ मा प्रकाशित


पोखराको जिरो किमि नजिक दुर्घटना, दुई जनाको अवस्था गम्भिर

पोखराको जिरो किमि नजिक दुर्घटना

पोखरा, ८ फागुन/ पोखराको जिरो किमि नजिकै पृथ्वीराजमार्ग बस सञ्चालक समितिको अगाडी दुर्घटना भएको छ । सृजना चोक तर्फबाट आएको जिपले जिरो किलोमिटर तर्फबाट जादै गरेको स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन् । उनीहरुलाई गम्भिर चोट लागेको र उनीको अहिले उपचार चलिरहेको छ ।

जिप निकै नै स्पिडमा रहेका कारण दुर्घटना भएको स्थानीयले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।



Tags: