अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज, मेयर आचार्यको उपचार हुदै

-


     क्लिक गण्डकी     
     फागुन ५ गते २०८१ मा प्रकाशित


पोखरा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा, ५ फागुन/ कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन् भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उपचाररत छन् । पौडेल सोमबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा प्रज्ज्वलनशील पदार्थ भरिएको बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलनमा परेका थिए ।

मन्त्री र मेयरको गर्धन, अनुहार, गाला, हात लगायतमा जलन भएको थियो । पोखराबाट हेलिकप्टरमार्फत काठमाडौं लगेर अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई अस्पतालले ४८ घन्टा आइसियूमा (सघन उपचार कक्ष) राखेर उपचार गरिएको थियो ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यको फोक्सोमा असर नदेखिएको र घाउमा सुधार देखिएको अस्पतालले बताएको छ । मेयर आचार्यको उच्च रक्तचापको समस्या रहेकाले उनलाई भने केही दिन अस्पतालमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ ।



Tags: