
पोखरा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
पोखरा, ३ फागुन/ पोखरा पर्यटन वर्ष २०२५ घोषणा समारोहमा बेलुन पड्किँदा अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।
प्रमुख अथिति अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवैजना सामान्य चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । उनीको अहिले पोखरा गण्डकी मेडिकल अस्पतालमा उपचार भएको छ ।
धेरैवटा बेलुन बत्तीको झिल्का नजिकै राख्दा तातोका कारण बेलुन पड्केका हुन् । मेयरको गालामा आगोको झिल्काले छोएको छ । उनलाई तत्कालै अस्पताल लगिएको छ ।





