
मुग्लिङ–नारायणगढ सडक खण्डमा मोटरसाइकल ठोक्किदा चालक त्रिशुलीमा बेपत्ता
पोखरा, २ फागुन/ मुग्लिङ–नारायणगढ सडक खण्डको २ किलोमा मोटरसाइकल ठोक्किएर पल्टिदा मोटरसाइकल चालक बेपत्ता भएका छन् ।
मोटरसाइकल ठोकिएपछि चालक त्रिशुलीमा खसेका छन् । उनको अहिले स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।
झोलामा रोहित राना नाम रहेको बिलबुक भेटिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी ।





