दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटना हुदाँ चालक र विद्यार्थीको मृत्यु

-


     क्लिक गण्डकी     
     माघ २७ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

काठमाडौं, २७ माघ/ काठमाडौंको दक्षिणकाली नगरपालिका–४ मा स्कुलको बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका–४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् ।

थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आइतबार साढे ३ बजे सडकबाट तल खस्दा ४१ जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



Tags: