अदालतको आदेश कार्यान्वयको माग गर्दै पोखरा महानगरका स्वास्थ्यकर्मी धर्नामा

-


     क्लिक गण्डकी     
     माघ २४ गते २०८१ मा प्रकाशित


अदालतको आदेश कार्यान्वयको माग गर्दै पोखरा महानगरका स्वास्थ्यकर्मी धर्नामा

अदालतको आदेश कार्यान्वयको माग गर्दै पोखरा महानगरका स्वास्थ्यकर्मी धर्नामा

पोखरा, २४ माघ/ सर्वोच्च अदालतको आदेश कार्यान्वय गर्न माग गदै पोखरा महानगरका स्वास्थ्य तर्फका हटाइएका करार कर्मचारीले महानगरको कार्यालय गेटमा धर्ना दिएका छन् ।

सर्वोच्च अदालतले पक्षमा अल्पकालीन आदेश जारी गरेपछि कर्मचारीहरु थमौती माग्दै महानगर पुगेका हुन् । माघ १ देखि पदमुक्त भएका कर्मचारीले माघ ११ गते सर्वोच्च अदालत गुहारेका थिए । अदालते १३ गते कर्मचारी अनिता गिरीसमेतले दायर गरेको रिटमा तत्काल कर्मचारी नहटाउन अल्पकालीन आदेश गरेको थियो ।

अदालतले महानगरको २०८१ मंसिर २८ गते करारका कर्मचारी हटाउने निर्णय तत्काल कार्यान्वय नगर्न यथास्थितिमा राख्नु भनि आदेश दिएको थियो । विगत १७ वर्षदेखि करारमा काम गरिरहेका कर्मचारीहरु महानगरको कार्यपालिकाको निर्णय पछि ६१ जना कर्मचारी सेवाबाट निकालिएको हटाइएका करार कर्मचारी विशाल पौडेलले बताए ।

हटाइएका कर्मचारीले अदालतको निर्णय कार्यान्वय गर्न र काममा फर्कने वातावरण बनाउन माग गदैँ महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसंग भेटेका थिए । तर अदालतको आदेश कार्यान्वयन गर्ने तर्फ महानगरले कुनै ध्यान नदिएको भन्दैे दवावका कायक्रमम गर्न बाध्य भएको जनाएका छन् ।

२८ मंसिरको विशेष नगर सभाले करारका कर्मचारी १ माघदेखि नवीकरण नगर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार महानगरले ४ माघमा करार कर्मचारीको नवीकरण नगरेको पत्र थमाएको थियो । नयाँ कर्मचारी नियुक्ती नभइसकेको अवस्थामा करारका कर्मचारी पनि नहुदाँ महानगर मातहतका स्वास्थ्य संस्थाहरुको सेवा समेत प्रभावित भएको छ ।

गएको मंसिरमा भएको विशेष नगरसभाको निर्णय कार्यान्वय गदैँ महानगरले करारका कर्मचारी हटाउने र काजमा आएका कर्मचारी फर्ता गर्ने प्रकृया थालिसकेको छ ।



Tags: