गोरखामा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     माघ ८ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, ८ माघ/ गोरखाको पालुङटार गाउँपालिका–५, लामागाउँस्थित हवाईग्राउण्ड नजिकै बा ८२ प २१९९ नम्बरको स्कुटर दुर्घटना हुँदा २४ वर्षीय सुरेश गुरूङको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जानकारी दिएको छ । अजिरकोट गाउँपालिका–३, हङ्सपुर स्थायी घर भएका सुरेश पालुङटारमै बस्थे।

दुर्घटनाग्रस्त स्कुटर र शव बुधबार फेला परेपछि घटनाको अनुसन्धान गर्दा सुरेश आफैले चलाएको स्कुटर दुर्घटनामा परेको खुलेको हो ।

स्थानीयवासीले दुर्घटनाग्रस्त स्कुटर र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



Tags: