
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षान्त, देखीने गरी परिर्वतन भएको प्रधानमन्त्री ओली
पोखरा, ३ माघ/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहबाट ४३ जना दिक्षीत भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडी÷एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित गरे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहबाट ४३ जना दीक्षित भएका छन् । मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट प्रथम र दोस्रो व्याचका क्रमश १७ र २६ विद्यार्थी दीक्षित भएका हुन् । उनीहरुलाई प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षान्त गरे । प्रतिष्ठानले २०७६ फागुनवाट शैक्षिक कार्यक्रम सुरु गरेको थियो ।
प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताए । ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रूप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट गरे ।
उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरूलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको बताए ।
दिक्षान्त समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको बताए । हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए । उनले नेपालमा मै अवसर रहेका कारण पढाइ पुरा गरेका विद्यार्थीलाई नेपालमा नै काम गर्न सुझाब दिए ।
पोखरामा स्वास्थ्य विज्ञान प्रतिठानले स्नातकोत्तर तहमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसूतिरोग, हाडजोर्नी र एनेस्थेसिया गरी ६ विधाका १७ विद्यार्थीबाट पढाइ सुरु गरेको थियो । कार्यक्रममा कुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरू अरविनदकुमार शाह (अर्थोपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी) लाई उपकुलपति पदक प्रदान गरे । पदका पाइसके पछि उनीहरुले नेपालमा नै बसेर सेवा गर्ने बताए ।
कार्यक्रमका प्रमुख अथिति कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा माग्नुस वेस्ग्रेनले दीक्षान्तले विद्यार्थीलाई शुभकामना दिदै रिर्सचमा लाग्न सुझाब दिए । प्रधान मन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन गरे ।
१७ करोड लागतमा निर्माण भएको यो भवनको तल्लो तलामा इमरजेन्सी उपचार हुनेछ भने माथिल्लो तलामा एमबीबीएस पढाइ हुनेछ । प्रतिष्ठानका उपकुलपति प्रा डा डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शययाको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिए ।