फेवातालमा कार खस्दा तीन घाइते

-


     क्लिक गण्डकी     
     पौष १२ गते २०८१ मा प्रकाशित


फेवातालमा कार खस्दा तीन घाइते

फेवातालमा कार खस्दा तीन घाइते

पोखरा, १२ पुस/ पामेबाट लेकसाइतर्फ आउँदै गरेको ग२च ३३९६ नम्बरको कार बिहीबार बिहान साढे २ बजेको समयमा फेवातालमा खसेको छ ।

पोखरा–६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।

यो ठाउँमा बेला बेलामा गाडी खस्ने गरेका छन् । घुम्तीमा गाडीको स्पिड बढि हुदाँ खस्ने गरेको स्थानीयको भनाई छ ।



Tags: