मुग्लिङ नजिक सवारी दुर्घटना हुदाँ चारजनाको मृत्यु

-


     क्लिक गण्डकी     
     कार्तिक २३ गते २०८१ मा प्रकाशित


मुग्लिङ नजिक सवारी दुर्घटना हुदाँ चारजनाको मृत्यु

मुग्लिङ नजिक सवारी दुर्घटना हुदाँ चारजनाको मृत्यु

मुग्लिङ, २३ कात्तिक/ मुग्लिङ–चितवन सडक खण्डमा पर्ने भरतपुर महनगरपालिका –२९ सत्रकिलोमा यात्रुबाहक बस र इलेक्ट्रिक हायस ठोकिएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने केहि घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ख. २८१२ नम्बरको बस ठोकिएर दुर्घटना भएको थियो।

हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो ।

सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



Tags: