बेनी जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह

-


     क्लिक गण्डकी     
     कार्तिक १९ गते २०८१ मा प्रकाशित


मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ

सडक फाइल तस्बिर

म्याग्दी, १९ कात्तिक/ म्याग्दी हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको प्रहरीले जानकारी दिएको छ । दिउँसो देखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको छ ।

वर्षा नरोकिएको, रात परिससकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न प्रहरीको आग्रह छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मङ्गलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने प्रहरीले बताएको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै घुम्न आएका पर्यटकहरू बीच बाटोमै रोकिएका छन् ।