
फाइल तस्बिर
पोखरा, ९ कात्तिक/ काठमाडौंबाट चितवनको कुरिनटार आउदै गरेको इभि माइक्रो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ ।
रिजर्भ गरेर मनकामना दर्शनका लागि जाँदै गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।





