
कावासोतीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
नवलपुर, ३ कात्तिक/ नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
कावासोती–१ बालुवाडाँडा स्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जिप दुर्घटना भएको हो ।
घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ।





