स्याङजाबाट पोखरा आउदै गरेको जीप दुर्घटना

-


     क्लिक गण्डकी     
     असाेज १८ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, १८ असोज/ स्याङ्जाको सिरुबारीबाट पोखरा आउदै गरेको जीप बेझाङ भालेखर्कमा दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् ।

शुक्रबार बिहान १० बजे ग १ ज ५७५६ नम्बरको बोलेरो जीप ब्रेक फेल भइ सडकको नालीमा पल्टिएर दुर्घटना हुदा चालक सहित ९ जना सवार मध्ये ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

घाइतेहरुलाई सेतीदोभान स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भएको छ ।

घाइते हुनेमा आँधीखोला ५ का ५० वर्षीय आत्मराम सिग्देल, ४८ वर्षीया कलावती घिमिरे, ३२ वर्षीया सिर्जना चापागाई, पोखराको छोरेपाटन बस्ने १६ वर्षीया अमना नेपाली, पोखरा ११ निवासी मनीषा नेपालीकी ३ वर्षीया सोफिया, स्याङ््जाको अर्जुनचौपारी ५ आरुचौरकी ५८ वर्षीया शान्तिकुमारी सापकोटा र ६१ वर्षीय शिव सिग्देल रहेका छन् ।

जीप चालक अर्जुनचौपारी ५ का २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



Tags: