
मानापाथी हिमालमा हिमपहिरोः बोक्सीखोला थुनियो
पोखरा, ७ भदौ/ धौलागिरि हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको छ । हिमपहिरोले मुस्ताङको थासाङ–२ बोक्सी खोला थुनेको छ ।
मुस्ताङको थासाङस्थित मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरोले छिप्लुङसम्म थुनिएको हो ।
थासाङ गाउँपालिका माथि मानापाथीबाट खसेको हिमपहिरो करिब १ हजार मिटरको दूरीमा जमेर बसेको थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए ।
हिमपहिरो फुटेर जोखिम निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन त्यसक्षेत्रका बासिन्दालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।
हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ ।





