पोखरा आउदै गरेको सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु (को को सहित)

-


     क्लिक गण्डकी     
     श्रावण ९ गते २०८१ मा प्रकाशित


सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस

सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस

पोखरा, ९ साउन/ सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख गरेको छ ।

सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको उपचार भइरहेको छ । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचार भइसको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाज रहेको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ ।

जहाज दुर्घटनामा परेर सहक्याप्टेन एस कटुवाल, कर्मचारीहरु अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडाको मृत्यु भएको छ ।