
पोखराका आउदै गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटना
पोखरा, ९ साउन/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ ।
क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १४ जनाको शव भेटिएको जानकारी दिए । उनले जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको बताए ।
दुर्घटनामा परेकाहरू यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन । उनले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको बताए ।
बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाज रहेको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ ।