प्रधानमन्त्रीको निजी सचिवमा कास्कीका बिनोद कुँवर

-


     क्लिक गण्डकी     
     श्रावण ८ गते २०८१ मा प्रकाशित


बिनोद कुँवर

बिनोद कुँवर

पोखरा, ८ साउन/ प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवर नियुक्त भएका छन् ।

कास्कीको अन्नपुर्ण गाउँपालिकामा जन्मिएका उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले निजी सचिव नियुक्त गरेका हुन् ।

यस अघि कुँवर गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवका रुपमा रहेर काम गरेका थिए । उनले विगतमा आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशक भएर काम गरेका थिए ।

विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित लोकसेवा आयोगमा काम गरेका कुँवरले प्रधानमन्त्रीको निजी सचिवालयको नेतृत्व गर्नेछन् ।
विगतमा प्रधानमन्त्री कार्यालमा बस्दा उनले सिंहदरबारमा सरसफाइ र हरियाली प्रवर्द्धन गर्ने कामको नेतृत्व गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाअनुसार यो काम अघि बढेपनि कुँवरको सरूवा पछि अभियान अलपत्र परेको थियो ।



Tags: