रेवानको आयोजनामा कुकहरुलाई बेकरी तालिम

-


     क्लिक गण्डकी     
     श्रावण ६ गते २०८१ मा प्रकाशित


रेवानको आयोजनामा कुकहरुलाई बेकरी तालिम

रेवानको आयोजनामा कुकहरुलाई बेकरी तालिम

पोखरा, ६ साउन/ रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पोखरामा पाँच दिने एड्भान्स बेकरी तालिम दिएको छ । पोखराका विभिन्न होटल तथा रेष्टुराँमा कार्यरत कुकहरुलाई बेकरी तालिम प्रदान गरिएको हो ।

पम्प नेदरल्याण्ड र नेपाल टुरिजम एण्ड होटल म्यानेजम्यान्ट कलेजको सहयोगमा भएको तालिममा २० जना सहभागी भएका थिए ।

तालिमको समापन समारोहमा नेपाल टुरिजम एण्ड होटल म्यानेजम्यान्ट कलेजका अध्यक्ष अशोक पालिखेले तालिम लिएका प्रशिक्षार्थीले स्वदेशमै बसेर राम्रो उत्पाद दिनु पर्ने बताए ।

उनले पोखरा पर्यटकी राजधानी घोषणा भईसकेको र त्यसलाई सार्थकता दिन खानाको गुस्तरपनि राम्रो बनाउनुपर्ने बताए । त्यसका लागि निरन्तर तालिम आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा पम्प इन्टिरनेश्नलका प्रशिक्षक बुटले गुणस्तरीय उत्पादनको लागि तालिम सार्थक हुने बताए । त्यसै गरी कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना शर्माले तालिम प्राप्त गर्ने वित्तिकै विदेश वा अर्को ठाउँ खोज्नु भन्दा उत्कृष्ट स्वाद पस्कनु पर्ने बताइन् । उनले पर्यटकीय होटलहरुमा अझै दक्ष जनशक्तिको अभाव रहेको बताउदै तालिमहरुले रोजगारी सिर्जना गर्ने र विदेश पलायनबाट रोक्न सक्नु पर्ने बताए ।

कार्यक्रममा प्रशिक्षार्थी ताराप्रसाद श्रेष्ठ र सृजना अधिकारीले पाएको तालिमबाट अझ उत्कृष्ट बेकरी उत्पादन गर्न सकिने बताए । उनीहरुले नेपाल घुम्न आउने विदेशी र स्वदेशी पर्यटकलाई गुणस्तरीय खानेकुरा पस्कन सक्ने विश्वास व्यक्ति गरे ।

कार्यक्रममा रेवान पोखराका निर्वतमान अध्यक्ष लक्ष्मण बराल, तालिम संयोजक बसन्त गौतम लगाएतले तालिमले उत्कृष्ट खान पस्कन सहयोगि हुने बताउदै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिने बताए तालिमले क्षमतालाई परिष्कृत गरेर गुणस्तरीय बेकरी उत्पादनका लागि थप ज्ञान हासिल गर्न सफल भएको बताए ।