बेनी–जोमसोम सडक महभिरको पहिरोले पुरिएको मोटरसाइकल निकाल्दै

-


     क्लिक गण्डकी     
     श्रावण ६ गते २०८१ मा प्रकाशित


बेनी–जोमसोम सडक महभिरको पहिरोले पुरिएको मोटरसाइकल निकाल्दै

बेनी–जोमसोम सडक महभिरको पहिरोले पुरिएको मोटरसाइकल निकाल्दै-तस्विर सौजन्य रुपल पुर्जा

पोखरा, ६ साउन/ बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राति पहिरोमा पुरिएको मोटरसाइकल निकालेको छ ।

बेनी देखि शिखतर्फ जादै गरेको ध२प ६०३३ नम्बरको पल्सर कम्पनीको टु ट्वान्टी ब्राण्डको मोटरसाइकल गुडीरहेको अवस्थामा शनिबार राति पहिरो खसेर पुरिएको थियो ।

मोटरसाइकल चालक भने भागेर ज्यान बचाउन सफल भएका थिए । महभिर देखि माथिको भिरमा नयाँ पहिरो आउन थालेको छ । बेनी जोमसोम कोरला सडक आयोजनाले आइतबार बिहान सडक विभागको डोजर परिचालन गरेर मोटरसाइकल निकाल्नुका साथै अवरुद्ध सडक खुलाएको छ ।

आइतबार बेनी जोमसोम सडक सूचारु रहेको छ । रातको समयमा समयमा बेनी जोमसोम सडकमा यात्रा नगर्न स्थानीय प्रशासन र बेनी जोमसोम कोरला सडक आयोजनाले अनुरोध गरेको छ ।