
दुर्घटना
पोखरा, ६ साउन/ पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग ३ च ३४५७ नम्बर को हाईलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको हो ।
मोटरसाइकल चालक पोखरा ८ का २६ बर्षीय ईश्वर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि घाइते भएको उनको उपचारको लागी गण्डकी मेडिकल कलेज लगेकोमा उपचारको क्रममा चिकित्सकद्वारा मृत घोषणा गरेका हुन् ।
दुर्घटना स्थलमा वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोली खटिई दुबै सवारी साधन र हाईलक्स चालक जिल्ला बर्दिया ठाकुर बाबा नगरापकिाल ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा वडा १७ ड्यामसाईड बस्ने वर्ष ३० को सुशिल दहितलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





