
पाैडी डुवेर
पोखरा, ४ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २३ घाँटी छिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १ मोहरिया टोलका १८ बर्षीय प्रकृत बुद्धचार्य र पोखरा २ विन्ध्यवासीनि वर्षपार्कका १८ बर्षीय स्वयं ताम्राकारको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचना पछि वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली र सशस्त्र प्रहरी बल नम्बर २४ हेडक्वाटर कालिकाबाट उद्दार टोली पुगेको थियो । प्रहरीले खोलाबाट उनीको शव निकालेको थियो । ६ जना साथीहरु भएर पौडी खेल्न गएका थिए । चार जना भने सकुसल छन् ।
त्यसै गरी पोखराको गुदेतालमा डुबेर बालकको मृत्यु भएको छ । लमजुङ मध्य नेपाल करापुटार घर भई हाल पोखरा २६ प्रगतिटोल बस्ने वर्ष ३४ को बिकाश परियारको छोरा ६ बर्षीय सचिन परियारको मृत्यु भएको हो ।
बुवासंग माछा मारेको हेर्न गएकोमा अचानक तालमा डुबेर मृत्यु भएको हो । डुबेको देखी पछि बुवा र स्थानियले देखी तत्काल उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा लगेका थिए । तर चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।