करेन्ट
पोखरा, २९ असार/ पोखरा महानगरपालिका वडा नम्बर ३० खुदिखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
पोखरा ३१ किमबेशी बस्ने बर्ष २५ का बिष्णु थापा मगरले खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
करेन्ट लागेर उपचारको सरुवा तथा संक्रमण अस्पताल शिसुवा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।