
दुर्घटना
पोखरा, ९ असार/ स्याङ्जाको वालिङमा बसले ठक्कर दिदा वृद्धको मृत्यु भएको छ ।
आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ आउदै गरेको ग १ ख ६२३७ नम्बरको बसले ठक्कर दिदा घाइते भएका वृद्धको मृत्यु भएको हो ।
विरुवा गाउँपालिका–६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोही बसमा यात्रा गरेका थापा ओर्लेर बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो ।
गम्भीर घाइते अवस्थामा उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र वालिङ लगिएकामा डाक्टरले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।





