होटलमा चोरी गरी भाग्दै गरेका एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ १५ गते २०८१ मा प्रकाशित


चोरी

चोरी

जोमसोम, १५ जेठ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ पुराङ रानीपौवाको होटलमा चोरी गरेर फरार युवालाई म्याग्दी प्रहरीले पक्राउ गरेर मुस्ताङ प्रहरीको जिम्मा लगाएको छ ।

आइतबार बिहान करिब ४ बजेको समयमा रानीपौवास्थित होटल बबमार्लीको काठको टिप्स बाकस र अर्को होटलको हिसाब राख्ने बाकसमा राखिएको ४५ हजार चोरी भएको थियो ।

चोरी गरी फरार नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका—४ सिक्रे बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई पोखरातर्फ भाग्दै गरेको अवस्थामा बेनी चेक पोस्टबाट प्रहरीले पक्राउ गरेको हो ।

मुक्तिनाथ रानीपौवास्थित स्थानीय कर्माछिरिङ गुरुङले सञ्ञ्चालन गरेको होटल बबमार्लीमा काम गर्दै आएका उनी चोरी गरेर जोमसोमतर्फ जान भन्दै प्रहरीलाई खोजी गर्न प्रहरी लागेको थियो ।

प्रहरीले उनको साथबाट ४२ हजार ८ सय ७५ रुपैयाँ नगद बरामद भएको जनाएको छ ।