पोखरामा आइपुगे मुर्रा राँगा, फूलमालाले स्वागत

-


     क्लिक गण्डकी     
     मंसिर ९ गते २०८० मा प्रकाशित


पोखरामा आइपुगे मुर्रा राँगा, फूलमालाले स्वागत

पोखरामा आइपुगे मुर्रा राँगा, फूलमालाले स्वागत

पोखरा, ९ मंसिर/ भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगा मध्ये ७ वटा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरा आइपुगेका ७ वटा राँगालाई फुलमालाले स्वागत गरेका छन् ।

पोखरा १५ मा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा राँगा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा, स्याङजा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा आएका हुन् ।

सबै राँगा करिब १ महिना क्वारेन्टिनमा राखेपछि मात्रै वीर्य सङ्कलन केन्द्रमा लगिने कार्यालय प्रमुख डा.जगदीश पाण्डेले जानकारी दिए ।

उनले उन्नत जातका मुर्रा राँगोबाट एकै पटकमा ३ सय डोज हाराहारी वीर्य संकलन गर्न सकिने उनले बताए । १ वर्षमा १५ देखि २० हजार डोज संकलन गर्ने लक्ष्य रहेको पाण्डे बताए ।



Tags: