पोखरामा बाबुलाई खुर्पा प्रहार गरी हत्या, फरार छोरो पाल्पाबाट पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८० मा प्रकाशित


पोखरामा बाबुलाई खुर्पा प्रहार गरी हत्या, फरार छोरो पाल्पाबाट पक्राउ

पोखरामा बाबुलाई खुर्पा प्रहार गरी हत्या, फरार छोरो पाल्पाबाट पक्राउ

पोखरा, २९ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा गोधुली संसार पथमा छोराले खुर्पा प्रहारगर्दा बाबुको मृत्यु भएको छ ।

५२ बर्षीय रामु क्षेत्रीलाई छोरा २२ बर्षीय रविन क्षेत्रीले खुर्पा (हतियार) प्रहार गरी हत्या गरेको कास्कीका प्रहरी प्रवक्ता श्रवण विकले जानकारी दिए ।

खुर्पा प्रहार गरी घाइते रामुको चरक मेमोरीयल अस्पताल पोखरामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

खुर्पा प्रहार गरि फरार भएका रविनलाई जिल्ला प्रहरी कार्यालयले अन्य जिल्लामा हुलिया, फोटो सहितको खोजतलासको सूचना जारी गरेको थियो ।

सोही आधारमा पाल्पा प्रहरीले पाल्पाको प्रभासमा ग२०प ६०४७ नम्बरको मोटर साइकल सहित नियन्त्रण लिई उनले बताए । उनले मंगलबार राति नै पोखरा ल्याई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाएको उनले बताए ।



Tags: