
दुर्घटना
पोखरा, २४ कात्तिक/ पोखराबाट बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा जादै गरेका जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा मृत्यु भएको छ ।
बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल करिब ८० मिटर तल कालीगण्डकीमा खसेको थियो ।
चालक सडकदेखी अन्दाजी ६० मिटर तल भीरमा अल्झेका थिए । उद्धारकर्मीले फेला पार्दा म्याट्रेडको मृत्यु भैसकेको प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ ७ बजे तिर भएको दुर्घटना भएको थियो ।
चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाईकल राईडरहरु बिहीबार पोखराबाट बेनीहुँदै मुक्तिनाथ यात्रामा हिडेका थिए ।





