
फूलको मूल्य
पोखरा, २१ कात्तिक/ पोखरा महानगरपालिकाले स्थनीय सयपत्री फूलको मूल्य तोकेको छ ।
तिहारको समयमा यसअघि मनपरी मूल्य लिएर उपभोक्ता ठगीमा परेको गुनासो आएपछि महानगरले यो वर्ष सरकारी मूल्य तोकेको कृषि महाशाखा प्रमुख मनहर कडरिायाले बताए ।
यो वर्ष फूलको तौल अनुसार फरक मूल्य छ । ५ देखि १० ग्रामको एउटा थुंगालाई २ रुपैयाँ मूल्य तोकिएको छ । १० देखि १५ ग्रामको ४ रुपैयाँ तथा १५ देखि २० ग्रामको ५ रुपैयाँ मूल्य रहेको उनले बताए । मालाको पनि फूलको थुंगाको आकार अनुसार क्रमशः १ सय ५०, १ सय ८० र २ सय छ ।
किलोमा बेच्न चाहे प्रतिकिलो ४ सय रुपैयाँ मूल्य पर्ने महानगरले जनाएको छ । यो वर्ष महानगर आफैले पनि फूल खेतीमा किसानलाई प्रोत्साहन गरेको छ । डेढसय रोपनी क्षेत्रफलमा महानगरको सहुलियत बीऊ किसानलाई दिएर व्यावसायिक खेती गरेको छ ।