
सडक
पोखरा, २६ चैत/ पोखरा महानगरपालिकाको तालचोक–वेगनासताल सडक सम्झौताको २ वर्षपछि निर्माण सुरु हुुने भएको छ । सडकको सोमबार शिलन्यास गर्ने तयारी भएको छ ।
महानगरपालिकाले नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना सँग सडक निर्माणका लागि स्वच्छन्द–सपना–वल्र्डवाइड जेभीसँग सन् २०२२ जुलाई ४ मा सम्झौता भएको थियो । तर स्थानीय विवादका कारण काम अघि बढ्न सकेको थिएन ।
३.८ किलोमिटरको सडक स्तरोन्नतिका लागि १ अर्ब ६ करोड रुपैयाँ स्टिमेट गरिएकोमा करिब ३९ प्रतिशत घटेर ठेकेदार कम्पनीले ७५ करोड ४८ लाखमा ठेक्का लिएको छ ।
सडक चार लेनको हुने छ भने दायाँबायाँ पैदल मार्ग, व्यवस्थित नाला, ग्रिन डिभाइडर, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राख्ने सम्झौता छ ।
महानगरले सडक वरपर रहेका मापदण्ड भित्रका घरटहरा हटाउन सुचना समेत निकाली सकेको छ । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो ।





