पोखरामा बलियो नेपाल कप क्रिकेट प्रतियोगिता शुरु, कर्णाली र पोखराको विजयी शुरुवात

-


     क्लिक गण्डकी     
     चैत्र २२ गते २०७९ मा प्रकाशित


पोखरामा बलियो नेपाल कप क्रिकेट प्रतियोगिता शुरु, कर्णाली र पोखराको विजयी शुरुवात

पोखरामा बलियो नेपाल कप क्रिकेट प्रतियोगिता शुरु, कर्णाली र पोखराको विजयी शुरुवात

पोखरा, २२ चैत/ पोखरामा बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता शुरु भएको छ । बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा भएको प्रतियोगिताको पोखरा मेयर धनराज अचार्यले उद्घाटन गरे ।

उद्घाटन खेलमा कर्णाली क्रिकेट एकेडेमीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई १० रनले हरायो । कर्णाली दिएको १ सय ३५ रनको लक्ष्य सेन्टरले १ सय २४ रनमा बनाउदै अलआउट भयो ।

अर्को खेलमा पोखरा क्रिकेट एकेडेमीले जनकपुर क्रिकेट एकेडेमीलाई ६ विकेटले हरायो । जनकपुरले दिएको १ सय २ रनको लक्ष्यलाई पोखराले १६ ओभरमा पुरा ग¥यो ।

प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने जनाएका छन् । प्रतिायेगितामा ईलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरले लिगकम नकआटका आधारमा खेल्ने छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार र दोश्रो हुनेलाई २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा म्यान अफ दी सिरिज घोषित एक जना खेलाडीलाई नगद १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एक÷एक जनालाई नगद ७÷७ हजार र ईमर्जिङ प्लेयरलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभका छुम्वी लामाले जानकारी दिए ।

त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दी म्याच बन्न सफल खेलाडीलाई नगद २ हजार ५ सयसहित ट्रफी प्रदान गरिने उनले बताए । नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारख खड्काले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।



Tags: ,