वन विज्ञान अध्ययन संस्थान पोखरा स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की विजयी (कस्को कति मत)

-


     क्लिक गण्डकी     
     चैत्र १३ गते २०७९ मा प्रकाशित


वन विज्ञान अध्ययन संस्थान पोखरा स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की विजयी

वन विज्ञान अध्ययन संस्थान पोखरा स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की विजयी

पोखरा, १३ चैत/ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु समिर कार्की विजयी भएका छन् । उनले नेविसंघका मुबारक अलि गद्दीलाई १ सय ५९ मतले पछि पार्दै विजयी भए । कार्कीले २९५ र मुबरकले १ सय ३६ मत प्राप्त गरे ।

स्ववियु निर्वाचनका लागि एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका थिए । कार्कीको प्यानल नै बिजयी भएको छ । सचिबमा अखिल क्रान्तिकारीका धिराजन परियार बिजयी भएका छन् । उनले नेविसंघका किर्तन पण्डितलाई १ सय २८ मतले हराए । परियारले २ सय ७७ मत प्राप्त गर्दा पण्डिले १ सय २९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता कोइरालाले २ सय ८२ मत प्राप्त गर्दा नेविसंघकि कीर्ति कँडेलले १ सय ४७ मत प्राप्त गरीन् । सदस्यहरुमा महादेव सिह कुश्वाहले २ सय ९०, अनिशा आचार्य २ सय ८४, दिपा कार्की २ सय ८२, गरिमा गुरुङ २ सय ८७ र लोकराज थापाले २ सय ७८ मत प्राप्त गर्दै बिजयी भए । सदस्यमा ३ जना अनेरास्ववियुका हुन् भने दुई जना अखिल (क्रान्तिकारी) का हुन् ।

उक्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिएपनि स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन । क्याम्पसका विद्यार्थी संगठनबिच ताला खोल्ने सहमति भएसँगै चुनाव भएको हो ।



This will close in 10 seconds