लामेआहालमा अस्थायी ल्यान्डफिल, पुँडीटारमा प्रशोधन केन्द्र – मेयर आचार्य

-

     क्लिक गण्डकी     
     पौष १६ गते २०७९ मा प्रकाशित

लामेआहालमा अस्थायी ल्यान्डफिल, पुँडीटारमा प्रशोधन केन्द्र – मेयर आचार्य

लामेआहालमा अस्थायी ल्यान्डफिल, पुँडीटारमा प्रशोधन केन्द्र – मेयर आचार्य

पोखरा, १६ पुस/ पोखरा महानगरपालिकाले पोखरा–३२ लामेआहालमा अस्थायी ल्यान्डफिल बनाइने भएको छ ।

फोहोर व्यवस्थापन गर्न स्थानीयसँग सहमति भइसकेको शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । त्यसै गरी पोखरा–३३ मा प्रशोधन केन्द्र नबन्दासम्म लामेआहालमा फोहोर व्यवस्थापन गर्ने उनले बताए ।

पहिरो खसेको ठाउँमा खाल्डो बनाएर त्यहीँ फोहोर फाल्ने तयारी रहेको उनले बताए । आगामी हप्तादेखि लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहोर लगिने उनले बताए ।

त्यसै गरी पोखरा ३३ पुँडीटारको झाँक्री खोलामा प्रशोधन केन्द्र बनाउने उनले बताए । प्रशोधन केन्द्र बनाउन कम्तीमा ६ महिना लाग्ने योजना छ ।

Tags: