
कारितासको सहयोगमा पोखरामा बाली उपचार शिविर
पोखरा, १७ मंसिर/ कारितास नेपाल फिल्ड कार्यालय पोखराको सहयोगमा पोखरा महानगरपालिका वडा नं १९ पुरुन्चौरमा बाली उपचार शिविर भएको छ । प्राकृतिक व्यवस्थापन कृषि कलेजमा भएको शिविरमा विभिन्न वालीहरुमा लाग्ने रोग, किरा, विकृतिहरु बारे जानकारी प्रदान गरेको थियो ।
बाली उपचार शिविरमा काउली, बन्दा, टमाटर, रायो साग, सिमि, कफि आदि वालीमा लाई किरा, खुम्रे किरा, रातोकमिला, पतेरो किरा, पात खन्ने किरा जस्ता किराको समस्या आएको उक्त शिविरमा किरा व्यवस्थापनका लागि पाकेको गोवरमलको प्रयोग गर्ने, खेतबारीको सरसफाई गर्ने, पहेँलो पासोको प्रयोग गर्ने, हातले टिपेर मार्ने र निमजन्य विषादी ३–५ मिलि प्रति लि. पानीमा मिसाई स्प्रे गर्ने यदि किराको प्रकोप वढी नै भएमा साईपरमेथ्रिन २ मिलि प्रति १ लि.पानीमा मिसाई स्प्रे गर्ने उप प्राध्यापक प्रेम पाण्डेले सुझाव दिनु भएको थियो ।
Mosaic disease, Damping off, Late blight, black root, Rust, Alterneria जस्ता रोगहरुको समस्या आएको उक्त समस्याको समाधानका लागि स्वस्थ्य विउ लगाउने, ै सिफारिस मात्रामा मलखाद व्यवस्थापन, सुक्ष्म खाद्यतत्वको प्रयोग गर्ने रोगग्रस्त भागहरु हटाउने र जलाउने, ट्राइकोड्रमाको प्रयोग गर्ने, बोर्डोमिश्रण, म्यान्कोजेव /कपरअक्सिक्लोराइड २ ग्राम प्रति लि पानीमा मिसाई स्प्रे गर्ने सुझाव दिनु भयो ।
नेपाल जिविकोपार्जन तथा उत्थानशिलता परियोजना अन्तर्गत आई पि एम कार्याक्रम बाट शिविर संचालन भएको थियो । ३५ भन्दा बढि बालीका नमुनाहरुको परिक्षण गरिएको शिविर कार्याक्रममा प्राकृतिक श्रोत व्यवस्थापन कलेजका प्रिन्सिपल चण्डीश्वर श्रीवास्तव, उपप्राध्यपक प्रेम पाण्डे, कलेजमा अध्ययनरत विद्यार्थी, कारितास नेपाल पोखराका कार्यालय प्रमुख शोभा आचार्य, आई पि एम प्राविधिक हिममाया भण्डारी र वविता गुरुङ्गले सहजीकरण गरेका थिए ।