एसईई परीक्षाको बैशाख ९ गते देखी (तालिका सहित)

-


     क्लिक गण्डकी     
     माघ २७ गते २०७८ मा प्रकाशित


एसइई

see

पोखरा, २७ माघ/ २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गते देखी हुनेभएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको तालिका अनुसार वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ ।

सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । वैशाख ११ गते अनिवार्य गणित, १२ गते अनिवार्य नेपाली, १३ गते अनिवार्य विज्ञान परीक्षा हुने छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।