नयाँबजारमा भूकम्प सुरक्षा दिवस

- ‘विपदमा जोगाउने चौर नमास’

-


     क्लिक गण्डकी     
     माघ २ गते २०७८ मा प्रकाशित


पोखराको नयाँबजारमा स्थानीय आइतबार भूकम्प सुरक्षा दिवस मनाएका छन् । विसं १९९० माघ २ गते गएको भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

गोरखा भूकम्पछि स्थानीयले आश्रय लिएको पोखरा नयाँबजारको चौरलाई खुला चौरकै रुपमा छाड्न स्थानीयले माग गरेका छन् । त्यहाँ पोखरा महानगरपालिकाले भवन बनाउन लागेको छ । अघिल्लो साल ७० लाख खर्चेर बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन भत्काएर महानगरले भवन बनाउन लागेको हो ।

चारैतिर बाटो भएकाले मापदण्ड छाड्दा महानगरको मुख्यालयलाई यहाँ ठाउँ नपुग्ने र पार्किङको समस्या हुने स्थानीयले बताए । नगरवासीको सुरक्षा र प्राकृतिक विपत्तिबाट जोगाउने दायित्व पनि महागरकै भएको स्थानीयहरु बताउँछन् ।

‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ दिवस मनाइएको हो । नेपालमा विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ ।

यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लिएको थियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।