#सूर्यदर्शन सहकारी

सूर्यदर्शन सहकारी ठगी मुद्दाः जाहेरवाला तर्फका वकिल गरे बहस

सूर्यदर्शन सहकारीको रकम हिनामिना
पोखरा, १८ पुस/ सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार पनि थुनछेक बहस भयो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहसमा जाहेरवालाको तर्फबाट बहस गरे । वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारी, अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेको जिल्ला अदालत कास्कीले जनाएको छ । जाहेरवालाको तर्फबाट केही वकिलहरुले आइतबार बहस गर्ने छन् । त्यसलगत्तै प्रतिवादीको तर्फका वकिलले बहस गर्ने कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । यसअघि पहिलो र दोस्रो दिन… पुरा पढौ

सूर्यदर्शन सहकारीका फरार सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई पक्राउ

सूर्यदर्शन सहकारीको रकम हिनामिना
पोखरा, २७ माघ/ सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगीमा फरार ३० वर्षीय भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नम्बर ५ घर भई पोखरा–४, नालाकोमुखमा कार्यालय रहेको सूर्यदर्शन सहकारीको सञ्चालक समितिका सदस्य रहेका भट्टराईलाई प्रहरीले पोखरामा ल्याएर अदालतमा उपस्थित गराएको कास्की प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले बताए । सूर्यदर्शन सहकारीका… पुरा पढौ

सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी

सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी
पोखरा, १४ माघ/ पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस (रेड कर्नर नोटिस) जारी भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्कीका एसपी मोहन थापाले बताए । जीबी राई सहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । अन्य तीनजनाको हकमा डिफ्युजन जारी भएको छैन । अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न… पुरा पढौ

सूर्यदर्शन सहकारीको रकम हिनामिना आरोपी दुई जना प्रहरी हिरासतमा

सूर्यदर्शन सहकारीको रकम हिनामिना
पोखरा, १७ पुस/ पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका दुई जना प्रहरी हिरासतमा परेका छन् । शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र आइटी प्रमुख भविश्वर अर्याल हिरासत पुगेका छन् । उनीहरु दुवैजना मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । दुवैजनाको मंगलबार अदालतमा बयान लिइएको छ । बयान नसकिएपछि बुधबार पुनः बयान लिने र थुनछेक बहस चल्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । सूर्यदर्शन सहकारीको ठगी आरोपमा प्रहरीले १९ जनाविरुद्ध… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी
पोखरा, २३ असोज/ सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा परेका छन् । आइतबार जिल्ला अदालत कास्कीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सहकारीमा बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिएको, जाहेरी दरखास्त, घटना विवरण कागज, बरामती मुचुल्का, प्रतिवादीको मौकाको बयान र नियामक निकायको वित्तीय स्थितिका सम्बन्धमा विश्लेषणात्मक प्रतिवेदन समेतका आधार, कारण र… पुरा पढौ