#फेवाताल मापदण्ड

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी
पोखरा, १७ जेठ/ फेवातालबारे सर्वोच्चले पछिल्लो पटक २०८० असार ४ गते नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश दिएको थियो । उक्त परमादेशमा व्यक्ति वा संस्थाको नाममा भएको दर्ता खारेज गरी तालकै नाममा कायम गर्न र उच्च बहाव सीमानाबाट ६५ मिटरसम्मको सबै संरचना हटाउन तथा सौन्दर्यीकरण गर्न भनिएको छ । ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन ६ महिनाको म्याद दिइएकोमा झन्डै २ वर्षसम्म अध्ययनमा खर्च सरकारले काम थालेको छ । फेवातालबारे सर्वोच्चले २०८० असार ४ गते नेपाल सरकार,… पुरा पढौ

फेवातालको मापदण्ड घटाउन सर्वोच्चमा रिट

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, ५ जेठ/ फेवातालको मापदण्ड घटाउनु पर्ने भन्दै सर्वोच्चमा रिट परेको छ । पोखरा लेकसाइडका २२ जनाले रिट दर्ता गरेका हुन् । उनीहरुले रिटमा तालको मापदण्ड ३० मिटर हुनुपर्ने माग छ । उनीहरुले ६५ मिटर मापदण्ड बनाउदा लामो समयदेखि फेवाताल किनारमा बस्दै आएकाहरुलाई क्षति पुग्ने भन्दै रिट दायर गरे । उनीहरुले पोखरा महानगर पालिका ५५ औ कार्यपालिका बैठकले तालको मापदण्ड ३० मिटर झारेका र सोही मापदण्ड कार्यम गर्नु पर्ने माग छ । सर्वोच्चले गत वर्ष असार ४ गते फेवातालको मापदण्ड… पुरा पढौ

फेवाताल सहित कास्कीका तालहरुको मापदण्ड निधारण, (कुनको कति सहित )

पोखरा, १७ चैत/ पोखरा महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले फेवाताल सहित ९ वटै तालको मादण्ड तोकेको छ । फेवातालको मापदण्ड ३० मिटर कायम तोकेको छ । सर्वोच्च अदालतको आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको पोखराले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकिदिएको हो । यसअघि ६५ मिटर मापदण्ड तोक्न सिफारीस भएपनि त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले लिएको… पुरा पढौ