#पोखरा महानगरपालिका

पोखरा न्यायिक समितिमा उजुरी बढ्दो,  १७० विवाद, १५ मेलमिलापबाट समाधान

पोखरा न्यायिक समितिमा उजुरी बढ्दो,  १७० विवाद, १५ मेलमिलापबाट समाधान
पोखरा, भदौ ४ गते / न्यायिक समितिमा विवाद दर्ता गर्ने क्रम बढेको छ । सरकारले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरेसंगै न्यायिक समितिहरुमा विवाद दर्ता बढेको हो । स्थानीय तहका विवादलाई स्थानीय स्तरमै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरिएको  हो । नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरिएको छ । न्यायिक समितिले स्थानीय तहमा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था रहेको छ  सोही व्यवस्था अन्र्तगत पोखरा महानगरपालिका… पुरा पढौ

बासकोट सहरी स्वास्थ्य केन्द्रको शिलान्यास

बासकोट सहरी स्वास्थ्य केन्द्रको शिलान्यास
पोखरा, १ भाद्र/ पोखरा महानगरपालिका वडा नम्बर २४ बासकोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रबार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभयो । स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । पोखरा २४ को तल्लो भाग र वडा नम्बर २३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने उहाँले बताउनुभयो । महानगरका वडाहरूमा ल्याव परिक्षण सहितका शिविरहरू… पुरा पढौ

अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ- प्रमुख आचार्य

अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ स् प्रमुख आचार्य
पोखरा, ३२ साउन/ फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना नजिक पुगेको हो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य अब करिब २०० मिटर मात्र बाँकी छ । पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोला घर पत्ता लगाउने काम सफलतापूर्वक सम्पन्न हुने चरणमा रहेको खोलाको नाप जाँच कार्यको स्थलगत अवलोकनमा पुग्नुभएका महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । “खोलाको नाप… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागि रहेका छौं – पोखरा मयेर आचार्य

धनराज आचार्य
पोखरा, ३२ साउनपोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा रहेको बताएका छन् । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको १५ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको बताए । उनले नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । पर्यटकीय रुपमा सुन्दर पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन… पुरा पढौ

‘ताल बेचेर खान कसैलाई दिईन्न’– वडाध्यक्ष थापा

‘ताल बेचेर खान कसैलाई दिईन्न’– वडाध्यक्ष थापा
पोखरा, २५ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले आफ्नो वडाका तालहरु बेचेर कसैलाई पनि खान नदिने बताएका छन् । पोखरा २६ मा भएको सार्वजानिक सुनुवाईमा जनताले राखेका जिज्ञासाको सम्बोधन गर्दै, अध्यक्ष थापाले वडामा रहेको खास्टे, निउरेनी र गुँदेताल बेचेर खान कसैलाई नदिने बताएका हुन । उनले भने–‘ताल स्थानिय सरकारको सम्पती हो, कसैले धन्दा चलाएर वा बेचेर खान पाउदैन ।” वडालाई आफ्नो सम्पतीको रक्षा कसरी गर्नु पर्दछ त्यो थाह छ । ’ सरकारी सम्पति अतिक्रमणको बिषयमा उठेको… पुरा पढौ

पोखरामा एक वडा एक पकेट कार्यक्रमका लागि १ करोड ८१ लाख प्रोत्साहन रकम वितरण

पोखरामा एक वडा एक पकेट कार्यक्रमका लागि १ करोड ८१ लाख प्रोत्साहन रकम वितरण
पोखरा, २४ साउन/ ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले रु एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् । अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ । महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार तरकारी खेती विस्तार, मौरी पालन, आलु, उवा, सुन्तला, उखु र चैते धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो । महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार वडा नं ५, १८, १३,… पुरा पढौ

पोखरा महानगरमा कर बढ्यो, पोखरामा किन बढ्यो कर -मेयर धनराज आचार्य (भिडियो सहित)

पोखरा महानगरमा कर बढ्यो, घटाउन माग गर्दै ज्ञापनपत्र
पोखरा, २४ साउन/ पोखरा महानगरपालिकामा आज भोली दैनिक जसो गुनासो लिएर आउनेहरुको एउटै छ कर किन बृद्धि भएको छ । तर महानगरपालिकाको जवाफ करको दर वृद्धि भएको छैन । जग्गाको मूल्यांकन बढेसँगै करको भारी भने बढेको सर्वसाधारण बताउ छन् । पोखरा महानगरपालिकामा सम्पत्तिको मूल्यांकनको मूल्य बढ्दा सम्पत्ति कर अखिल्लो आर्थिक वर्षभन्दा कर बढेको छ । धेरै करका दरमा हेरफेर नगरेको महानगरपालिकाले आर्थिक ऐन २०८०/८१ मार्फत थोरै शीर्षकमा वृद्धि गरेको छ ।महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत आन्तरिक… पुरा पढौ

कसरी संभब भयो पोखराको फोहोर व्यबस्थापन

पोखरा महानगरले मंगलबार लामेआहालमा फोहर व्यवस्थापन गर्ने
पोखरा २३ साउन/ बिगत १२ दिन देखी अवरुद्ध पोखराको फोहर मंगलबारबाट व्यवस्थापन भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि पोखराको फोहोर व्यबस्थापन हुन नसक्दा महानगरपालिका प्रमुख धनराज आचार्य पनि आलोचित भएका थिए । मंगलबार महानगरका २९ वटा गाडीबाट लामेआहालको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहर व्यवस्थापन गरिएको हो । फोहोर व्यबस्थापनका लागि मेयर आचार्यनै संघर्ष समितिसँग वार्ता गर्न पोखरा ३२ पुगेपनि सफल हुन सकेका थिएनन् । आचार्य र संघर्ष समितिसँगको बार्ता निष्कर्शमा पुग्न नसकेपछि महानगरपालिकाको कार्यपालिका बैठकले समस्या समाधानका लागि सदस्यहरु… पुरा पढौ

आँखा पाक्ने रोगको प्रकोपका कारण पोखराका विद्यालय २६ गते सम्म बिदा

आँखा पाक्ने रोगको प्रकोपका कारण पोखराका विद्यालय २६ गते सम्म बिदा
पोखरा, २३ साउन/ आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकाले साउन २६ गते सम्म सार्बजनिक बिदा दिएको छ । महानगरको शिक्षा शाखाले मंगलबार विज्ञप्ती जारी गर्दै महानगरपालिकाका कक्षा १२ सम्म संचालन हुने विद्यालयहरुमा साउन २६ गते शुक्रबार सम्म सार्बजनिक बिदा दिने उल्लेख गरेको छ । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएकाले अझ फैलन रोक्नका लागि बुधबारबाट ३ दिनका लागि विद्यालय बिदा दिएको महानगरका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुबेदीले जानकारी दिए । पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक… पुरा पढौ

पोखरा महानगरले न्युरोडमा बिरुवा रोप्दै

पोखरा महानगरले न्युरोडमा बिरुवा रोप्दै
पोखरा, १९ साउन/ पोखरा महानगरपालिका वडा नंम्बर ८ र ९ मा पर्ने नयाँ सडकको दायाँबायाँ सुनौलो धुपीको बिरुवा रोपिएको छ । महानगरका प्रमुख धनराज आचार्यले धुपीको विरुवा रोपेर शुरुवात गरे । एकै किसिमको सदाबहार बिरुवा सुनौलो धुपी रोपिएको हो । वडाको नयाँ सडक क्षेत्रलाई नमुना क्षेत्रका रूपमा विकसित गर्न गुरुयोजना तयार गरी विभिन्न कार्यहरू अघि सारिएको वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । उहाँका अनुसार सोही योजना अनुरूप नयाँ सडक सुधार समितिको आयोजनामा सडकको दायाँबायाँ एकै किसिमको २० वटा सुनौलो धुपी… पुरा पढौ