#पुष्पकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरामा

पुष्पकमल दाहाल ‘प्रचण्ड’
पोखरा, २३ जेठ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार साँझ पोखरा आइपुगेका छन् । प्रधानमन्त्री दाहाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक र अन्य कार्यक्रममा सहभागी हुने पोखरा आएका हुन् । उनलाई विमानस्थलमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, नेकपा (माओवादी केन्द्र) का सचिव दीननाथ शर्मा, माओवादी गण्डकी सहइन्चार्ज हरिराज अधिकारी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले स्वागत गरेका थिए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालले गण्डकी प्रदेश समितिले बुधबार आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा सम्भोधन… पुरा पढौ

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइनः प्रधानमन्त्री

पुष्पकमल दाहाल
काठमाडौँ, ३० फागुन/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउनुभयो । “सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने… पुरा पढौ

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान
माघ १५, सिमरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो। पुरा पढौ

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व होः प्रधानमन्त्री

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व होः प्रधानमन्त्री
काठमाडौं, पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमू (गुरुङ) समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताउनु भएको छ । तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको हो । उहाँले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको औल्याउनु भयो । प्रधानमन्त्री प्रचण्डले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर… पुरा पढौ

भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, सत्ता गठबन्धन पाँच वर्ष टिक्छः प्रधानमन्त्री दाहाल

भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, सत्ता गठबन्धन पाँच वर्ष टिक्छः प्रधानमन्त्री दाहाल
पोखरा, १६ असार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता दिने बताए । शनिबार प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भ्रष्टाचार देशको बिकराल समस्या भएको भन्दै त्यसको अन्त्य गर्नु पर्ने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए । प्रधानमन्त्री दाहालले अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने अवस्थाबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किएको बताए । त्यसै गरी अर्को प्रशंगमा भारत भ्रमण ऐतिहासक भएको भन्दै… पुरा पढौ

जन्मगाउँ पुगेर अन्तरक्रिया गरे प्रधानमन्त्री प्रचण्ड

जन्मगाउँ पुगेर अन्तरक्रिया गरे प्रधानमन्त्री प्रचण्ड
पोखरा, १५ असार/ अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जन्म गाउँ पुगेर जनतासँग अन्तरक्रिया गर्नुभएको छ। शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडां २ का स्थानीय जनतासँग अन्तरक्रिया गर्नुभएको हो। स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो। सो क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं २ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा… पुरा पढौ

पोखरामा मुख्यमन्त्री सम्मेलनः सघीयता बलियो बनाउन तीनै तह लाग्नु पर्ने– प्रधानमन्त्री दाहाल

पोखरामा मुख्यमन्त्री सम्मेलनः सघीयता बलियो बनाउन तीनै तह लाग्नु पर्ने– प्रधानमन्त्री दाहाल
पोखरा, १५ असार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सघीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दाहालले बैठकले लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले अढाइ शताब्दी लामो एकात्मक राज्यप्रणालीमा अभ्यस्तमा रहेका हाम्रो लागि सघीय शासन प्रणाली नौलो अभ्यास भएको बताए । संविधानले व्यवस्था गरेअनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित… पुरा पढौ

पोखरामा गठबन्धनको आमसभा, ओली प्रजातन्त्रको खिलापमा छन्ः देउवा

पोखरामा गठबन्धनको आमसभा, ओली प्रजातन्त्रको खिलापमा छन्ः देउवा
पोखरा, २५ वैशाख/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्रको खिलापमा रहेको अरोप लगाएका छन् । पोखरामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीजी प्रजातन्त्रको पक्षमा रहेको बताए । ओलीको आतङकलाई रोक्नका लागि गठबन्धन बनेको देउवाले बताए । प्रधानमन्त्री समेत रहेका देउवाले संसदमा विरोध गर्दा भंग गर्ने र नयाँ सरकार बनेपछि संसदमा विरोधमात्रै गर्ने गरेको बताए । संविधानअनुसार भंग गर्नै नमिल्ने भएकाले आफूहरु अदालत गएर संसद फिर्ता ल्याएको देउवाले बताए । गठबन्धन अन्य दललाई… पुरा पढौ