#नवौं राष्ट्रिय खेलकुद

Bagmati Wins three Gold Medal, Army took one  

नवौं राष्ट्रिय प्रतियोगिताः बागमतीलाई तीन स्वर्ण
Subash and Kashmira shines  Pokhara, 15th Oct: Subash Tamang of Nepal Army won the Individual Gold medal in Men's section after facing a strong challenge from Young Golfer of Bagmati province Sadbhav Acharya. Tamang who had two strokes lead over Acharya was two-down going into 16 hole but Sadbhav three-putted to cut short the lead to one shot. On the final hole Subash sank a birdie and Sadbhav again three-putted to loose by one-stroke. Subash played a round of even-par for… पुरा पढौ

एथलेटिक्समा आर्मीका दुई कीर्तिमान

जयरानी थारु
पोखरा ३० असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ । पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । महिला हडल्मा यस स्पर्धामा एपीएफकी भागीरथी थारुले १… पुरा पढौ

१० हजार मिटर दौडमा आर्मीका दीपकको कीर्तिमान

दीपक अधिकारी
पोखरा ३० असोज/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए । पुरा पढौ

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई तीन तीन स्वर्ण

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई तीन तीन स्वर्ण
पोखरा, ३० असोज/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी र नेपाल आर्मीले तीन÷तीन स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा एक स्वर्ण जितेको हो । त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०—६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः गल्फमा बागमतीलाई तीन स्वर्ण

नवौं राष्ट्रिय प्रतियोगिताः बागमतीलाई तीन स्वर्ण
पोखरा, २९ असोज/ नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको व्यक्तिगत विधाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदकमा चित्त बुझाए । पहिलो दिन एक अण्डर ६८ खेलेका सुवासले दोस्रो दिन लेभल पार खेल्दै १३७ स्कोरसहित स्वर्ण पदकमा आफनो नाम लेखाए । सदभावले रजत पदकमा चित्त बुझाए । सदभावले समग्र १३८ स्कोरमा रहँदै रजत पदकमा… पुरा पढौ

आचार संहितामा कडाई गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

आचार संहितामा कडाई गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन
पोखरा २९ असोज/ निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाईका साथ पालना गर्न गराउन निर्देशन दिएका छन् । शनिबार पोखरामा भएको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको देखिएमा आयोगमा लिखित वा मौखिक जानकारी दिनुहोला’ प्रमुख आयूक्त थपलियाले भने । आयोगले यसपटकदेखि अनुगमन अधिकृतको जिम्मेवारी हरेक जिल्लाका प्रमुख कोष नियन्त्रकलाई दिएको प्रष्ट पार्दै अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टा भित्र स्पष्टीकरण सोध्न निर्देशन… पुरा पढौ

ह्याण्डबलमा गण्डकीलाई पहिलो स्वर्ण

पुरुष ह्याण्डबलमा गण्डकीलाई पहिलो स्वर्ण
पोखरा, २९ असोज/ गण्डकी प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । पुरुष ह्याण्बलमा गण्डकी प्रदेशले आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा गण्डकीले आर्मीलाई ४३–३६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ३५–१३ स्कोरमा पराजित गर्दै कास्य पदक जितेको छ ।महिला तर्फ त्रिभुवन आर्मीले उपाधि जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा एपिएफको फराकिलो जित

पोखरा, २९ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एपिएफ विजयी भएको छ । लामाचौर खेल मैदान गोस्टेघाटमा भएको समूह ‘बी’ अन्तरगतको खेलमा एपिएफले मधेश प्रदेशलाई ६–० गोलअन्तरले हराएको हो । पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा १–० को अग्रता लिएको भए पनि दोस्रो हाफमा थप ५ गोल गर्न सफल रह्यो । खेलको १२ औं मिनेटमा मधेश प्रदेशका रितिक खडकाले दोस्रो बार च्याप्दै प्रहार गरेको फ्रिकिकमा एपिएफका कप्तान टोपबहादुर विष्ट बाधक बन्दा मधेश अग्रता लिनबाट चुक्यो । खेलको २२… पुरा पढौ

साईक्लिङ डाउनहिलमा आर्मीलाई दोहोरो स्वर्ण

साईक्लिङ डाउनहिलमा आर्मीलाई दोहोरो स्वर्ण
पोखरा, २९ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला साईक्लिङ डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीकी निष्मा श्रेष्ठ २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन । पोखराको रानीबनमा आयोजित साईक्लिङको डाउनहिलमा नेपाल आर्मीकै उषा खनाल दोस्रोस्थानमा रहिन् । उनले दुई मिनेट ३७.४५ सेकेण्डमा पुरा गर्दै रजत पदक प्राप्त गरिन् । गण्डकी प्रदेशकी जमूना थापाले २ मिनेट ४०.०९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् । यसैगरी पुरुष तर्फको डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीका राजेश मगरले १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै स्वर्ण… पुरा पढौ

पुरुष भलिबलमा एपीएफ, आर्मी र पुलिस विजयी

पुरुष भलिबलमा एपीएफ, आर्मी र पुलिस विजयी
पोखरा, २९ असोज/ नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको तीनवटै खेलमा विभागीय टिमले जित हात पारेका छन् । शनिबार पोखरा रंगशाला भलिबल कोर्टमा लिग चरणको खेलमा एपीएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । पहिलो खेलमा एपीएफले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक खेलेको एनआरएनएलाई एपीएफले २५–१९ मा समेट्यो । दोस्रो २५–१५ र तेस्रो २५–१३ मा विजय हासिल गर्दै समूह ‘सी’ मा पहिलो जित दर्ता गरायो । जितसँगै एपीएफले ३… पुरा पढौ