
नवौं राष्ट्रिय प्रतियोगिताः बागमतीलाई तीन स्वर्ण
पोखरा, २९ असोज/ नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको व्यक्तिगत विधाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् ।
पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदकमा चित्त बुझाए ।
पहिलो दिन एक अण्डर ६८ खेलेका सुवासले दोस्रो दिन लेभल पार खेल्दै १३७ स्कोरसहित स्वर्ण पदकमा आफनो नाम लेखाए । सदभावले रजत पदकमा चित्त बुझाए । सदभावले समग्र १३८ स्कोरमा रहँदै रजत पदकमा खुम्चिए । युवराज भुजेल भने कास्य पदकमा चित्त बुझाए । भुजेल आचार्य भन्दा तीन स्ट्रोकले पछि परेका थिए ।
टिम इभेण्टको प्रतिस्पर्धामा बागमतीले स्वर्ण पदक जित्दा प्रदेश १ ले रजत र त्रिभुवन आर्मीले कास्य पदक जितेको छ । महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश नं १ की सुष्मा सिग्देलले कास्य पदक जितिन् ।
महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ । व्यक्तिगत विजेताले नगद २५ हजार प्राप्त गरे । टिम इभेण्टमा विजेता खेलाडीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।





