#चित्रबहादुर वली

डिस्कस थ्रोमा आर्मी र लुम्बिनीलाई स्वर्ण

चित्रबहादुर वली
पोखरा, ३१ असोज/ एथलेटिक्स डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्र्रदेशले स्वर्ण पदक जितेका छन् । इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् । वलीले ३८.४८ मिटर र अधिकारीले ३५.१० मिटर थ्रो गर्दै स्वर्ण जितेका छन् । पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले काँस्य पदक जिते । खड्काले ३१.७५ मिटर र पालले ३१.१० मिटर थ्रो गरे । महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महतोले रजत जितिन् ।… पुरा पढौ