#क्रिकेट

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट शुरु, मदरल्याण्डको बिजयी शुरुवात

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट शुरु, मदरल्याण्डको बिजयी शुरुवात
पोखरा, जेठ १७/ पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुलले बिजयी शुरुवात गरेको छ । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्डले वाराही माविलाई ९ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । वाराहीले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको मदरल्याण्डले निर्धारित १५… पुरा पढौ

यु १६ गण्डकी छनौंट क्रिकेटः पर्वत ९ विकेटले विजयी

यु १६ गण्डकी छनौंट क्रिकेटः पर्वत ९ विकेटले विजयी
पोखरा, १० जेठ/ पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको ग्रुप ‘बि’को दोश्रो प्रतिस्पर्धामा पर्वत विजयी भएको छ । पर्वतले स्याँग्जालाई ९ विकेटले हराएको हो । यो जितसंगै पर्वतले फाइनल प्रवेशको आफ्नों सम्भावना जिवितै राखेको छ । यसअघि शुक्रबार भएको खेलमा पर्वत नवलपुरसंग पराजित भएको थियो । ग्रुप टेवलमा पर्वत र नवलपुर दुवैले १ जित संगै समान २ अंक जोड्दा पहिलो खेल खेलेको स्याँग्जा अंक विहिन छ । यद्यपी उसले आइतबार हुने खेलमा नवलपुरलाई फराकिलो अन्तरले… पुरा पढौ

केपी ओली टी २० को उपाधि गण्डकी हिरोजलाई, दिपेन्द्र रावत म्यान अफ दि टुर्नामेन्ट

केपी ओली टी २० को उपाधि गण्डकी हिरोजलाई, दिपेन्द्र रावत म्यान अफ दि टुर्नामेन्ट
पोखरा, ५ बैशाख/ गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको फाइनलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । १८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव… पुरा पढौ

केपी ओली कप क्रिकेटः गण्डकी हिरोज र हिमालयनको जित

केपी ओली कप क्रिकेटः गण्डकी हिरोज र हिमालयनको जित
पोखरा, २७ चैत/ पोखरामा जारी केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको छ । १०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारि खेले । टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा… पुरा पढौ

केपी ओली कप क्रिकेट प्रतियोगिता शनिबार देखी, पोखरा र स्याङ्जा क्रिकेट क्लब भिड्दै

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, २२ चैत/ पोखरामा शनिबार देखी हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसंगै पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब बिच हुने भएको छ । दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौं र हेटौडा एसएबिच हुनेछ । खेल तालिका अनुसार समूह ‘ए’ मा सिइसी काठमाडौं, हेटौडा एसए, पोखरा… पुरा पढौ

पोखरा महानगर दोश्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेटमा कास्की क्रिकेट बिजयी

पोखरा महानगर दोश्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेटमा कास्की क्रिकेट बिजयी
पोखरा, २० फागुन/ पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ मा कास्की क्रिकेट क्लवले बिजयी शुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आजदेखि लेखानाथस्थित ईडेन हेभेन क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अरण्यज्योति क्रिकेट क्लवलाई ७४ रनले पराजित गर्दै कास्की क्रिकेट क्लवले बिजयी शुरुवात गरेको हो । टस जितेर पहिले व्याटिङमा उत्रिएको कास्की क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो… पुरा पढौ

पोखरा जारी एकदिवसीय क्रिकेटः पर्वत १० विकेटले पराजित

पोखरा जारी एकदिवसीय क्रिकेटः पर्वत १० विकेटले पराजित
पोखरा, १५ फागुन/ कास्कीले समूह बी अन्तर्गतको पहिलो खेलमा पर्वतलाई १० विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जित्दै व्याटिङ गर्दै पर्वतले २५.२ ओभरमा सवै विकेट गुमाउँदै केवल ७१ रन मात्रै बनायो । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्रतीय प्रतिस्पर्धामा पर्वत पुरा ओभर टिक्न सकेन् । ओपनर सन्देश खड्का र सुशान चापागाँईले शुरुवात राम्रो गर्न सकेनन् । खड्का केवल ९ रनमा आउट भए । उनी विपिन खत्रीको बलमा अभिषेक थापाबाट क्याच भए… पुरा पढौ

कास्की क्रिकेट लिगको उपाधि सांग्रिलालाई

कास्की क्रिकेट लिगको उपाधि सांग्रिलालाई
पोखरा, ५ फागुन/ कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको फाईनल खेलमा कप्तान विपिन खत्रीको अलराउण्ड प्रर्दशनमा सांग्रिलाले उपाधि आफनो नाममा लेखायो । लिग चरणमा अपराजित रहेको कास्कीलाई सांग्रिलाले फाईनल खेलमा रोक्न सफल रह्यो । लिगका शीर्ष दुईमा रहेको टोलीले फाईनल प्रतिस्पर्धा गर्ने क्रममा सांग्रिला र कास्की उपाधि प्रतिस्पर्धा गरेका थिए । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस हारेर व्याटिङ… पुरा पढौ

कास्की क्रिकेट लिगः राईजिङ र कास्कीको जित

कास्की क्रिकेट
पोखरा, ४ फागुन/ कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी–२० क्रिकेट लिग प्रतियोगितामा राईजिङ क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ४१ रनले पराजित गर्दा कास्की क्रिकेट क्लबले भने अपराजित यात्रा कायम राख्दै आईतबार लेखनाथ युथ क्रिकेट क्लबलाई १८८ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा राईजिङले टस हार्दै नविन पोखरेलको अर्धशतकीय पारीमा ४ विकेटको क्षतिमा १३० रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो । पोखरेलले ५४ बल खेल्दै ५६ रन बनाए । उनले ८ चौका प्रहार गरे… पुरा पढौ

कास्की क्रिकेट लिगः अरण्यज्योति र कास्की विजयी

कास्की क्रिकेट
पोखरा, २९ माघ/ माछापुच्छ«े क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै कास्की क्रिकेट क्लब कास्की टी–२० क्रिकेट लिगमा अपराजित यात्रा कायमै राखेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा माछापुच्छ«े क्रिकेट क्लबले दिएको ८४ रनको लक्ष्यलाई कास्कीले तीन विकेटको क्षतिमा पुरा गर्दै आफनो जितलाई निरन्तरता दियो । टस जितेर व्याटिङ गरेको माछापुच्छ«ेले अभिषेक थापाको ३० रनको योगदानमा ८४ रनको योगफल तयार पार्यो । अन्य व्याटरले भने दोहोरो अंकको रनफल तयार पार्न सकेनन् । अनुप पौडेल, विश्वास… पुरा पढौ