#देवकुमार नेपाली

इमेज सहकारी ठगीका आरोपी मेयर देवकुमार दिल्लीबाट पक्राउ

देवकुमार नेपाली
पोखरा, ११ असोज /इमेज सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा र पोखराको सिर्जनाचोकमा समेत शाखा… पुरा पढौ

देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस, इमेज सहकारीकी कोषाध्यक्ष नेपाली पक्राउ

देवकुमार नेपाली
पोखरा, १२ माघ/ पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिनाको आरोप लागेर फरर ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली विरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । नेपालीले पोखरा र बागलुङमा रहेका इमेज सहकारीबाट बचतकर्ताको २ अर्ब र विभिन्न बैंकको ३५ करोड हिनामिना गरेको आरोप छ । नेपाल प्रहरीले नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको प्रहरीले बताएको छ । प्रहरीले इन्टरपोटमार्फत् उनको खोजी जारी रहेको बताएको छ । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली गएको वैशाख देखि सम्पर्क बिहिन छन् । नेपालीको… पुरा पढौ

इमेज सहकारीः देवकुमारलाई सम्पर्कमा आउन संघर्ष समितिको आग्रह

देवकुमार नेपाली
पोखरा, ७ मंसिर/ सहकारीको रकम अपचलको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई संघर्ष समितिले सम्पर्कमा आउन भनेको छ । सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि इमेज सहकारी पीडित संघर्ष समितिको चाँडै नै नेपालीलाई समितिको सम्पर्कमा आउन भनेका हुन् । समितिका तर्फबाट अध्यक्ष हरिबहादुर खत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बचतकर्ताको बचत रकम फिर्ता गर्ने आशयसहित नेपाली सामाजिक सञ्जालबाट सार्वजनिक भएकोमा उत्साहित हुँदै तत्काल समस्या समाधानका लागिसम्पर्कमा आउन आग्रह गरिएको हो । समितिका… पुरा पढौ